दफा २३७
एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने

(१) कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमाभिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउँनु पर्ने मनासिब कारण भई बिक्री वितरण गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।